Connect with us

अर्थ

सर्वोत्तम सिमेन्टका सेयरधनीलाई लाभांश

Published

on

सर्वोत्तम सिमेन्टले सेयरधनी १० प्रतिशत लाभांश दिंदैछ । कम्पनीले उक्त लाभांश पौष २६ गते अर्थात भोली साधारण सभामा वितरण गर्नेछ । सभा, होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । यो प्रस्ताव अब आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

लाभांश वितरणसहितका एजेन्डाहरु पारित गर्न कम्पनीले भोलि शुक्रबार पौष २६ गते साधारण सभा बोलाएको छ । 
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पौष १२ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, पौष ११ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.