Connect with us

समसामयिक

दक्षिणकालीमा कार दुर्घटनामा चालकको मृत्यु

Published

on

काठमाडौँको दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बिएबी ५२८१ नम्बरको कार अनियन्त्रित भई आज दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा चालक काठमाडौँ महानगरपालिका(१० पुरानो बानेश्वर बस्ने ३४ वर्षीय सुरज खड्काको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।

यसैबीच काठमाडौँ महानगरपालिका(९ स्थित एयरपोर्ट गेष्ट हाउसबाट अवैध लागुऔषध गाँजा करिब सात किलोग्रामसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको प्रहरीको लागुऔषध ब्यूरोले जनाएको छ । 

पक्राउ पर्नेमा भारतीय नागरिक ३९ वर्षीय मोहसिन सलाउद्दिन खान र मोहम्मद राइल रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरीले उक्त गाँजासहित पक्राउ गरिएको र उक्त घटनामा अनुसन्धान जारी रहेको जनाइएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.