Connect with us

राजनीति

परराष्ट्रमन्त्री राणाको अमेरिकामा स्वागत

Published

on

परराष्ट्रमन्त्री डा. आरजु राणाको अमेरिकामा स्वागत गरिएको छ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन शनिबार दिउँसो क्यानडा हुँदै अमेरिकाको न्यूयोर्क पुगेकी परराष्ट्रमन्त्री डा. राणालाई नेपाली जनसम्पर्क समितिको संयोजनमा स्वागत गरिएको हो।

जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टको नेतृत्वमा गएको समितिका पदाधिकारी, केन्द्रीय सदस्य र पार्टीका विभिन्न तहका कार्यकर्ताले न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा स्वागत गरेका थिए। नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी मन्त्री राणाको स्वागतका लागि हाल अमेरिकामै रहेका कांग्रेस केन्द्रीय सदस्य डाक्टर रणबहादुर रावल पनि विमानस्थल पुगेका थिए। 

यसैगरी मन्त्री राणाको स्वागतका लागि संयक्त राष्ट्र संघको नेपाल मिसनका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत कुमार खरेल, न्यूयोर्कस्थित वाणिज्यदूत चक्रबहादुर सुवेदी, अमेरिकाका विभिन्न राज्यका नेपाली अवैतनिक वाणिज्य दूत, विभिन्न राजनीतिक दल र संघसंस्थाका प्रतिनिधि पनि विमानस्थल पुगेका थिए। 

जनसम्पर्क समितिका सभापति बिष्टले परराष्ट्रमन्त्री राणालाई सामूहिक रुपमा अमेरिकामा रहेका राजनीतिक दलका प्रवासी संगठन, सामाजिक संघ संस्था, नेपाली दूतावास र न्यूयोर्कस्थित युएनको स्थायी नियोगका तर्फबाट स्वागत गरिएको बताए।

उनले अमेरिकामा नेपालीहरुले भोग्दै आएका समस्या समाधानका लागि कुटनीतिक पहल गरिदिन नेपालीका तर्फबाट  परराष्ट्र मन्त्री राणासँग आग्रह गरिएको जानकारी दिए।

यसैबीच नेपाली कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका विष्टले भोली आइतबार साँझ न्यूयोर्कमा प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री डाक्टर राणाको स्वागत तथा सम्मानमा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए।

नेपाली महावाणिज्य दूतावास न्यूयोर्क, नेपाली जनसम्पर्क समिति, अमेरिका, प्रवासी नेपाली मन्च, आदिवासी जनजाति महासंघ, मधेशी एसोसिएशन, एनआरएन न्यूयोर्क च्याप्टरलगायतका संघ संस्थाको संयुक्त आयोजनामा कार्यक्रम हुने विष्टले बताए।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.