Connect with us

अन्तर्राष्ट्रिय

‘गोलकोण्डा ब्लु डायमण्ड’ ८० वर्षपछि लिलामीमा जाँदै, ७०० करोडसम्म पर्न सक्ने

Published

on

भारतको शाही सम्पदासँग जोडिएको हीरा ‘गोलकोण्डा ब्लु डायमण्ड’ पहिलो पटक लिलामीमा बिक्री हुने भएको छ । यो २३.२४ क्यारेटको शानदार नीलो हीरा हो, जुन प्रसिद्ध पेरिस ज्वेलरी डिजाइनरद्वारा सुन्दर औंठीमा सेट गरिएको छ।

यसलाई जेनेभाको क्रिस्टीज नामक एक लिलामी कम्पनीले मे १४ मा लिलामी गर्ने घोषणा गरेको छ । यसको मूल्य ४८० करोड देखी  ६८८ करोड नेपाली मुल्य तथा अर्थात ३५ देखि ५० करोड अमेरिकन डलर सम्म रहन सक्ने अनुमान गरिएको छ । क्रिस्टीज भन्छन् कि यस्ता विशेष र शाही हीराहरू विरलै बिक्रीमा आउँने गर्छन  । यसअघि पनि उनले गोलकोंडाका केही ऐतिहासिक हीराहरू लिलाम गरिसकेका छन्, जस्तै, आर्कड्यूक जोसेफ, प्रिन्सी र विटेल्सबाक डायमण्ड।

यो नाशपाती आकारको हीरा भारतको राजतन्त्रसँग सम्बन्धित छ। क्रिस्टीजका अनुसार यो हीरा महाराजा यशवंत राव होल्कर (इन्दौर) सँग थियो। महाराजा यशवंत राव होल्कर सन् १९२०–३० को दशकमा आफ्नो विलासी र अन्तर्राष्ट्रिय जीवनशैलीका लागि विश्व परिचित राजाको रुपमा रहेका थिए।

खासमा यशवन्त रावका पिताले यो हीरा पेरिसको प्रसिद्ध ज्वेलरी ब्रान्ड इन्दोर पियर्स डायमण्ड्सबाट किनेका थिए। सन् १९२३ मा उनले चौमेटलाई २३ क्यारेट नाशपाती आकारको नीलो हीरा लगाएर ब्रेसलेट बनाएकी थिइन । र, सन १९९३  महाराजा यशवंत रावले माउबसलाई आफ्नो आधिकारिक जौहरी नियुक्त गरेका थिए र माउबुसेनले आफ्नो गहनालाई नयाँ डिजाइनमा परिमार्जन गरिदिए। उनले लामो नेकलेस बनाइन्, जसमा गोलकोंडा ब्लू र इन्दौर पियर्स दुवै समावेश थियो।

हिराको राजा भनेर चिनिने अमेरिकी जौहरी ह्यारी विन्स्टनले सन् १९४६ मा इन्दोर पियर्स र १९४७ मा ब्लू डायमण्ड किनेका थिए। पछि उनले यसलाई ब्रोचमा राखेका थिए । यसमा २३ क्यारेटको सेतो हीरा पनि थियो। यो ब्रोच पछि बडोदाका महाराजाले किनेका थिए। र, पछि ह्यारी विन्स्टनले यसलाई फेरि किनेका थिए र नयाँ डिजाइनको साथ फेरि बेचेका थिए। अहिले झण्डै ८० वर्षपछि फेरि सार्वजनिक रूपमा लिलामी हुन लागेको हो ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.