Connect with us

अन्तर्राष्ट्रिय

हमास ३४ इजरायली बन्दी रिहा गर्न तयार

Published

on

हमासले इजरायलका २४ बन्दी रिहा गर्न सहमत भएको छ । इजरायलसँगको युद्धविराम सम्झौताको एक भागको रूपमा ३४ बन्दीहरूलाई रिहा गर्न तयार रहेको जनाइएको हो ।

प्यालेस्टाइनी सञ्चारमाध्यमका अनुसार हमास युद्बबिरामको अवस्थामा ती बन्दी रिहा गर्न तयार रहेको जनाए पछि मध्यपुर्वमा शान्ति छाउन सक्ने अनुमान सुरू भएको छ ।

 ‘गाजा स्ट्रिपमा शासन गर्ने प्यालेस्टिनी समूहले बन्दीहरूलाई रिहा गर्न बन्दी आदानप्रदान सम्झौताको पहिलो चरणको एक भागको रूपमा अनुमोदन गरेको छ,’ अज्ञात हमास अधिकारीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

बन्दीको प्रारम्भिक आदानप्रदानमा गाजामा बन्दी रहेका मध्ये ३४ जना  महिला, बालबालिका, वृद्धवृद्धा र बिरामी बन्दीहरू रहने जनाइएको छ । अब युद्धविराम सम्झौता इजरायलको तर्फवाट स्थायी युद्धविराम र गाजाबाट फिर्ता हुने सबालमा कस्तो धारणा राख्छ, अब कैदी आदान प्रदान सोही ब्यावहारमा  निर्भर गर्ने जनाइएको छ ।

उता, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले आइतवार हमासले सम्भावित रिहाइका लागि बन्दीहरूको सूची उपलब्ध गराएको बताएको छ। कतारमा युद्धविराम सम्झौताका लागि वार्ता भइरहेका बेला हमास र इजरायल दुबैतर्फवाट सो धारणा आएको हो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.