Connect with us

समसामयिक

हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको भिडियो सार्वजनिक

Published

on

हमास समूहको बन्धक रहेका नेपाली नागरिक विपिन जोशीको हिजो बुधबार एउटा भिडियो सार्वजनिक भएको छ । इजरायली गुप्तचर निकायले सन् २०२३ अक्टोबर ७ मा किबुट्ज अलुमिमबाट हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको नयाँ भिडियो फुटेज प्राप्त गरेको जनाएको छ ।

जुन इजरायली समय अनुसार बुधबार साँझ सार्वजनिक गरिएको बन्धक परिवार फोरमले जनाएको प्रस्ट पारेको छ । जेरुसेलम पोस्टमा छापिएको खबर अनुसार नेपाली बन्धक विपिन जोशीको इजरायली गुप्तचर निकायले प्राप्त गरेको उक्त भिडियो फोरमको पहलमा सार्वजनिक गरिएको हो ।

फोरमको वक्तव्यमा भनिएको छ, गाजामा भेटिएको जीवनको यो प्रमाण, जुन हामी तपाईंहरूसँग साझा गर्दै छौँ, हामीलाई उहाँ जीवित हुनुहुन्छ भन्ने अटल विश्वास दिलाएको छ । भिडियो उनलाई बन्धक बनाएको केही समयपछि खिचिएको अनुमान गरिएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.