Connect with us

अन्तर्राष्ट्रिय

हिजबुल्लाहको कार्यकारी परिषद्का प्रमुख सफीद्दीन मारिएको पुष्टि

Published

on

हिजबुल्लाहले आफ्नो समूहको कार्यकारी परिषद्का प्रमुख हासेम सफीद्दीनको मृत्यु भएको पुष्टि गरेको छ ।

हिजबुल्लाहले एक विज्ञप्ति जारी गर्दै सफीद्दिन यस महिनाको सुरुमा बेरुतमा इजरायली हवाई आक्रमणमा मारिएको उल्लेख गरको छ । तर, हिजबुल्लाहले आक्रमणको मिति भने उल्लेख गरेको छैन ।

हिजबुल्लाहको यो बयान इजरायली रक्षा बलको घोषणा पछि आएको हो। यसअघि, इजरायली सेनाले अक्टोबर ४ मा आफ्नो हमलाले हसन नसरल्लाहका सम्भावित उत्तराधिकारी र हिजबुल्लाहको नयाँ प्रमुख बन्ने दावेदार हसम सफीद्दीन मारेको बताएको थियो । इजरायली सेनाले सफीद्दिनसँगै हिजबुल्लाहको गुप्तचर विभागका प्रमुख हुसेन अली हाजिमा पनि आक्रमणमा मारिएको जनाएको छ ।

इजरायलले अक्टोबर ४ मा भएको आक्रमणले बेरुतमा हिजबुल्लाहको भूमिगत गुप्तचर मुख्यालयलाई निशाना बनाएको थियो । यो मुख्यालय बेरुतको दहियाह क्षेत्रमा अवस्थित छ, जसलाई हिजबुल्लाहको गढ मानिन्छ । इजरायली सेनाले आक्रमणको समयमा शीर्ष कमाण्डरहरू सहित २५ भन्दा बढी खुफिया कर्मचारीहरू हिजबुल्लाहको गुप्तचर मुख्यालयमा उपस्थित रहेको बताएको छ । हमलाको समयमा हासेम सफीद्दीन पनि गुप्तचर मुख्यालयमा उपस्थित थिए ।

हसम सफिद्दीन हिजबुल्लाहका पूर्व प्रमुख हसन नसरल्लाहका भाइ हुन् । हसम सफीद्दीन धेरै धार्मिक प्रकृतिका व्यक्ति थिए र हसन नसरल्लाह जस्तै, उनी पनि इरानको नजिक रहेको भनिन्छ । हिज्बुल्लाहको कार्यकारी परिषद्को प्रमुख हुनुको साथै, उनी हिज्बुल्लाहको जिहाद काउन्सिलको प्रमुख पनि थिए, जुन हिज्बुल्लाहको सैन्य अपरेशनहरूको लागि जिम्मेवार छ ।

जानकारीका अनुसार, हेजबुल्लाहको कार्यकारी परिषद्को प्रमुखको रूपमा हसम सफीद्दीनले समूहको राजनीतिक मामिलाको निरीक्षण गर्थे र जिहाद परिषदमा पनि संलग्न थिए । जसले हिजबुल्लाहको सैन्य अभियानलाई निर्देशन दिन्छ । 

हसम सफीद्दीनलाई सन् २०१७ मा अमेरिकी विदेश मन्त्रालयले आतंकवादी घोषणा गरेको थियो । सफीद्दीन आफ्नो आक्रामक बयानका लागि परिचित थिए। समाचार एजेन्सीका अनुसार एक अन्त्येष्टिमा हासेम सफिद्दीनले इजरायलविरुद्ध ठूलो धम्की दिँदै शत्रुले रोउन तयार हुनुपर्ने बताएका थिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.