Connect with us

अर्थ

नेपालमा अब ठुला दरका भारु चल्ने

Published

on

नेपालमा भारतीय एक सय रुपियाँभन्दा ठुला दरका नोट पनि चलनचल्तीमा ल्याउन भारतीय रिजर्भ बैङ्कले अनुमति दिएको छ । सन् २०१६ नोभेम्बरमा भारतले ठुला नोटमा नोटबन्दी गरेसँगै नेपालमा पनि एक सय रुपियाँभन्दा ठुला नोट प्रतिबन्ध लगाएको थियो ।

भारतीय रिजर्भ बैङ्कले त्यहाँको राजपत्रमा सूचना प्रकाशन गर्दै नेपाल र भुटानमा एकभन्दा ठुला दरका भारतीय नोट प्रचलनमा ल्याउन पाउने सूचित गरेको हो । सूचना अनुसार अब नेपाली तथा भारतीय नागरिक नेपाल–भारत आवतजावत गर्दा २५ हजार भारुसम्म नगदै एक सयभन्दा ठुला नोट ल्याउन लैजान पाउने छन् ।

यो नीतिले भारतीय पर्यटक, भारतमा रहेका नेपालीले नेपाल आउँदा २५ हजार रुपियाँसम्म ठुला भारु नोट नेपाल ल्याई प्रचलनमा ल्याउन सक्ने छन् । त्यस्तै नेपालमा रहेका भारतीय नागरिक, भारतमा अध्ययन तथा उपचारका लागि जाने नेपालीले पनि यस्तो नगद साथै लैजान पाउने छन् ।

भारतमा राजपत्रमा सूचना प्रकाशित भएसँगै अब नेपाल राष्ट्र बैङ्कले भारतीय ठुला नोट औपचारिक कार्यान्वयनमा जाने नेपाल राष्ट्र बैङ्कका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले जानकारी दिएका छन् । “भारतको राजपत्रमा यस्तो सूचना आइसकेको छ, यसलाई नेपालमा कार्यान्वयन गराउन राष्ट्र बैङ्कले औपचारिक रूपमा सूचना निकाल्छ,” उनको भनाइ छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.