Connect with us

राजनीति

प्रतिनिधि सभा निर्वाचन उम्मेदवारीः यस्तो छ उमेर समूह

Published

on

प्रतिनिधि सभा सदस्य निर्वाचनका निम्ति हिजो मंगलबार देशभर प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित विभिन्न ६८ वटा राजनीतिक दलबाट मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार, देशभर तीन हजार चार सय ८४ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमध्ये सबैभन्दा धेरै ३६ देखि ५० वर्ष उमेर समूहका उमेदवारको उमेदवारी परेको छ । ३६ देखि ५० वर्ष उमेर समूहका १६ सय १० जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

५१ देखि ६५ वर्ष उमेर समूहका एक हजार ९० उमेदवारले उमेदवारी दिएका छन् । २५ देखि ३५ वर्ष उमेर समूहका ५८३ र ६५ देखिमाथि उमेरका २०१ जनाले उमेदवारी दिएको आयोगले जनाएको छ । तीन हजार चार सय ८४ जनाले उमेदवारी दर्ता भएकामा ३९५ महिला र तीन हजार ८८ पुरुष तथा अन्य एक उमेदवार छन् ।

राजनीतिक दलको तर्फबाट दुई हजार २९७ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा २३५ महिला र दुई हजार ६४ पुरुष छन् । एक हजार १८७ जनाले स्वतन्त्र उमेदवारी दिएका छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रारम्भिक सूचीमा केही संख्या थपघट हुनसक्ने बताएका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.