Connect with us

राजनीति

आज सभामुखका लागि उम्मेदवारी दर्ता

Published

on

प्रतिनिधिसभाका सभामुखका लागि आज शुक्रबार (चैत २०) उम्मेदवारी दर्ताको दिन हो । संघीय संसद् सचिवालयले प्रकाशित गरेको तालिकाअनुसार सभामुख चयनका लागि पर्सी आइतबार (चैत २२) मा निर्वाचन हुनेछ ।

तालिकाअनुसार आज बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । संघीय संसद् सचिवालय सिंहदरबारमा उम्मेदवारी दर्ता गर्न सकिने जनाइएको छ । आजै दिउँसो २.३० बजे उम्मेदवारी दर्ताको नामावली प्रकाशन गरिनेछ ।

सदनमा १८२ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद अर्याललाई सभामुख बनाउने निर्णय गरिसकेको छ । अल्पमतमा रहेका अरु दलले सभामुखको उम्मेदवारी दिने नदिने ? मौन छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.