प्रतिनिधिसभाको आजको बैठकले नागरिकता विधेयक प्रमाणित गर्ने कार्य सूची छ । संघीय संसद सचिवालयका अनुसारका आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् ।
राष्ट्रियसभामा उत्पति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ ।
गृह मन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘नेपाल नागरिकता ९दोस्रो संसोधन० विधेयक, २०८१ माथीको दफावार छलफल सदनमा गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । र, उक्त विधेयक माथि प्राप्त संसोधनहरूलाइ निर्णयार्थ प्रस्तुत गरिनेछ ।
साथै, सो विधेयक आजै पारित गर्ने योजना रहेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।