Connect with us

अर्थ

वीरगञ्ज भन्सारबाट छ महिनामा १२ अर्बको खाद्यान्न आयात

Published

on

वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरि खाद्य पदार्थ आयात भएको छ । गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको यस अवधिमा यो नाका हुँदै हुने खाद्य पदार्थको आयातमा २१ करोड मूल्यको गिरावट आएको छ । जो नेपालका लागि खुसीको कुरा विषय हो । किनकी यसले खाद्यान्नमा आत्मनिर्भरताको दर बढेको देखाउँछ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही समयमा खाद्य पदार्थको आयातमा सामान्य गिरावट आएको बताए । जबकी गत आवको छ महिनामा भने ११ अर्ब ७८ करोड मूल्य पर्ने १६ थरिका खाद्य पदार्थको आयात भएको थियो । चालु आवको छ महिनामा पाँच अर्ब ६८ करोड मूल्य पर्ने १५ करोड ४३ लाख किलोग्राम धान आयात भएको छ । जबकी गत आवको सोही अवधिमा भने छ अर्ब नौ करोड मूल्यको धान आयात भएको थियो ।

चालु आवको छ महिनामा तीन अर्ब ४१ करोड मूल्य पर्ने मकै आयात भएको छ । त्यस्तै चालु आवको छ महिनामा एक अर्ब ६१ करोड मूल्यको चामल र ३३ करोड मुल्य पर्ने माल्ट आयात भएको छ । त्यस्तै २३ करोड ७३ लाख मूल्य पर्ने फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.