Connect with us

राजनीति

‘कुलिङ अफ पिरियड’ जालझेल छानबिन समितिको समयावधि थप

Published

on

निजामती सेवा विधेयकको कुलिङ अफmपिरियड सम्बन्धी प्रावधानमा भएको जालझेल छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद सात दिन थपिएको छ । सभामुख देवराज घिमिरेले आज प्रतिनिधिसभा बैठकमा समितिको म्याद थपका लागि गरेको प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो । कुलिङ पिरियडमा भएको छेडखानी छानविन गर्न साउत १३ गते २१ दिनको समयावधि दिएर समिति गठन भएको थियो।

तर, उक्त समय सकिन लागेकाले ७ दिन म्याद थपिएको हो । नेपाली कांग्रेसका सांसद जीवन परियार नेतृत्वको समितिमा सांसदहरु सुशीला थिङ, ईश्वरी घर्ती, नारायणप्रसाद आचार्य, माधव सापकोटा, गणेश पराजुली र रोशन कार्की सदस्य छन् ।

गठन भएको चार दिनसम्म समितिले काम अघि बढाउन सकेको थिएन । समितिको कार्याविधिमै ‘सभापति’ लेखिनुपर्नेमा ‘संयोजक’ लेखिएपछि सदस्यहरु उल्झनमा परेका थिए । सभामुख देवराज घिमिरेले ‘संयोजक’को ठाउँमा ‘सभापति’ कायम गर्दै सच्याइएको जानकारी सदनलाई गराएपछि बल्ल पहिलो बैठक बसेको थियो ।

समितिले छानबिनको काम गरिरहेको बुझिएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.