Connect with us

अन्तर्राष्ट्रिय

इजरायलले लेबनानका हिजबुल्लाह केन्द्रमा आक्रमण गर्दा २ सयको मृत्यु, ७ सय ५० बढी घाइते

Published

on

इजरायलले लेबनानमा रहेको हिजबुल्लाह केन्द्रहरूमा ठूलो मात्रामा आक्रमण गरेको छ । इजरायलले लेबनानका लेबनानी नागरिकहरुलाई सुरक्षित रहन हिजबुल्लाह केन्द्रहरूबाट टाढा जान आग्रह गरेको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले सोमबारदेखि दक्षिणी सहर र गाउँहरूमा भएका आक्रमणमा कम्तीमा २०० जनाको मृत्यु भएको जनाएको छ । लेबनानको पब्लिक हेल्थ इमर्जेन्सी अपरेशन सेन्टरले यी आक्रमणमा बालबालिका र महिलासहित ७ सय ५० भन्दा बढी व्यक्ति घाइते भएको एक विज्ञप्तिमार्फत जनाएको छ ।

इजरायली रक्षा बलका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले यसअघि सेनाले लेबनानमा ठूलो मात्रामा र सटीक आक्रमण गर्ने बताएका थिए । हगारीले मानिसहरूलाई आफ्नो सुरक्षाको लागि हिजबुल्लाह लक्ष्यहरू नजिक नजान आग्रह गरेका छन् ।

आईडीएफका अनुसार हिजबुल्लाहले हालै इजरायलमा १५० रकेट प्रहार गरेको छ । यसको जवाफमा इजरायलले आफ्नो कारबाहीलाई तीब्र बनाएको दाबी गरेको छ । 

इजरायलका रक्षामन्त्री योभ गालान्टले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनसँग कुराकानी गरेका छन् । ग्यालान्टले अमेरिकी रक्षामन्त्रीलाई हिजबुल्लाहको खतरा र इजरायलले यसविरुद्धको कारबाहीबारे जानकारी गराएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.