Connect with us

अन्तर्राष्ट्रिय

इजरायलद्धारा गाजामा १ हजार भन्दा डाक्टर र नर्सको हत्या

Published

on

 इजरायलले गाजामा १ हजार भन्दा बढी स्वास्थ्यकर्मीको हत्या गरेको छ । सन २०२३ अगस्ट ७ मा सुरु भएको हमास–इजरायलको युद्धमा १००० भन्दा बढी डाक्टर र नर्सहरुको हत्या गरेको हो ।

वाफा समाचार एजेन्सीले गाजा पट्टीमा इजरायलको अथक बमबारीमा १ हजार भन्दा बढी डाक्टर र नर्सको मृत्यु भएको जनाएको छ । सो एजेन्सीले स्थानीय चिकित्सा स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ कि ३१० भन्दा बढी अन्य चिकित्सा कर्मचारीहरूलाई गिरफ्तार गरिएको छ । 

सो क्रममा इजरायलले उनीहरुलाई चरम यातना दिइएको थियो भने केहीलाई जेलमा राखिएको छ । 

‘इजरायली सेनाले जानाजानी अस्पतालहरूलाई लक्षित गरेको छ र गाजामा चिकित्सा आपूर्ति, स्वास्थ्य प्रतिनिधिमण्डल र सयौं सर्जनहरूलाई प्रवेश गर्न अहिले पनि रोकेको छ’ स्थानिय चिकित्सकलाई उद्यृत गर्दै वाफाले जनाएको छ । 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.