Connect with us

अन्तर्राष्ट्रिय

इजरायली प्रधानमन्त्री नेतान्याहु माथिको भ्रष्टाचार मुद्दाको बयान भोलिबाट

Published

on

इजरायली अदालतमा भ्रष्टाचारका धेरै आरोपहरू सामना गरिरहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार पहिलो पटक आफ्नो मुद्दामा बयान दिने भएका छन्। उनी विरुद्ध सन २०१९ मा दायर गरिएका भ्रष्टाचारका तीन अलग अलग मुद्दाहरू, जसमा घुसखोरी, जालसाजी र विश्वासको उल्लंघनको आरोपहरू समावेश रहेका छन्। त्यसमा उनले मंगलबार अदालतमा बयान दिन लागेका हुन् ।

तर, उनले यी सबै आरोपलाई अस्विकार गर्दै आफूले कुनै पनि गलत काम नगरेको जनाउँदै आएका छन् । उनलाई पदबाट हटाउन प्रतिद्वन्द्वी र मिडियाले अनावश्यक रूपमा उचालेको जिकिर गर्दै आएका छन् । तर, विश्लेषक र पर्यवेक्षकहरूले परीक्षण र सम्भावित आरोपबाट बच्नको लागि नेतन्याहुले गाजा पट्टीमा इजरायलको आक्रमणलाई विस्तार गर्दै आएका बताएका छन् ।

यसअघि मे २०२० मा सुरु भएको ट्रायल धेरै पटक ढिलो भइरहेको छ, जो अब अब डिसेम्बर १० बाट सुरू हुनेछ । तर, नेतान्याहुको कानूनी टोलीले अदालती प्रकिया केही समय पछाडी सार्न अनुरोध भने गरिरहेका छन् । उनले अदालती बयान केही पछाडी सार्न अनुरोध गर्ने प्रयास गरिरहेका छन् ।

इजरायलको उच्च अदालतले गत नोभेम्बर १३ मा उनको बयान र सुनुवाइमा १० हप्ताको ढिलाइको लागि गरेको अनुरोध अस्वीकार गर्‍यो, यो भन्दै कि उनीसँग तयारी गर्न पाँच महिना छ।

उनको टोलीले इजरायलको युद्ध व्यवस्थापन गर्ने समयको दबाबका कारण प्रधानमन्त्रीले तयारी गर्न नसकेको दाबी गर्दै आएका छन् ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.