Connect with us

राजनीति

कोशी प्रदेशसभाका विषयगत समितिका सभापति निर्विरोध निर्वाचित

Published

on

कोशी प्रदेशसभामा विषयगत समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । विषयगत समितिका सभापतिहरुको निर्वाचन तालिकाअनुसार विहिबार मनोनय दर्ता र आज निर्वाचन हुने तालिका रहेको थियो ।

तालिकाअनुसार न्याय, प्रशासन तथा विधायन समितिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराँती, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाईं, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा होमबहादुर थापाले मनोनयन दर्ता गराएका थिए ।

प्रत्येक समितिमा १-१ जनाले मात्र मनोनय दर्ता गरेकाले उनहरु निर्विरोध निर्वाचित भएको कोशी प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । समितिका सभापतिहरुमा नेकपा (एमाले) र नेपाली कांग्रेसका ३-३ जना र नेकपा माओवादी केन्द्रका एक जना निर्विरोध निर्वाचित भएका छन् ।

दलहरुबीच भएको भागबण्डामा एमालेका होमबहादुर थापा प्राकृतिक स्रोत तथा पूर्वाधार समिति, कमला दर्नाल न्याय प्रशासन तथा विधायन समिति  र रामदेव यादव उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति बनेका छन् ।

त्यस्तै काँग्रेसबाट सामाजिक विकास समिति सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेल र अर्थ समितिको सभापति विनोद वान्तवा राई बनेका छन् । त्यसैगरी माओवादीले सार्वजनिक लेखा समितिको सभापति पाएको छ र राजन किराँती सभापति बनेका छन् ।

आज बस्ने प्रदेश सभा बैठकले समितिका सभापति निर्वाचित भएको औपचारिक घोषणा गर्ने छ ।  


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Copyright © 2024 Nepal Muhar. powered by Nepal Muhar.