Connect with us

समसामयिक

सुनुवाइ नसकिएपछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा

Published

on

सुनुवाइ नसकिएपछि  नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा हेर्दा हेर्दैमा राखिएको छ ।

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पदमुक्त तथा नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको दुवै रिट हेर्दाहेर्दैमा राखिएको हो ।

मंगलबार न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाई भएको थियो । तर सुनुवाई पूरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको जनाइएको छ।

पटक पटक पेशी सर्दै आएको  कुलमान र हितेन्द्रदेवको रिटलाई आज भने विशेष प्राथमिकता दिई सुनुवाई गरिएको थियो ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.