Connect with us

समसामयिक

पोष्ट कोभिड पछि गएको थियो दिपक बोहोराको आवाज, पार्थिव शरीर फर्काईयो काठमाडौं

Published

on

रुपन्देही क्षेत्र नं. ३ का सांसद तथा राप्रपाका वरिष्ठ नेता सांसद दीपक बोहराको पार्थीव शव हेलिकप्टर मार्फत भैरहवावाट फर्काईएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा कार्यकर्ताहरुले भैरहवा देखी मोटरसाईकल र्याली सहित नगर परिक्रमा गर्दै उहाँको शव निवास सम्म शव ल्याएकाे थियो।

निवासमा ल्याएर बोहोलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो । श्रद्धाञ्जली अर्पण लगत्तै उनको पार्थीव शरिर पुनः काठमाडौं लगिएको छ र काठमाडौंको पशुपतिनाथमा उनको दाहसंस्कार गरिने छ । वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो ।

पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए । उनी कोरोना महामारीको दोस्रो लहर (जेठ २०७७) मा संक्रमित भएका थिए । संक्रमणको चार/पाँच महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो । पछि थप उपचारका लागि दिल्ली पुगेका बोहरालाई चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए ।

समस्या थपिएपछि उनी केही समयपछि अमेरिकाको न्यूयोर्क पुगेका थिए । त्यसयता उनी स्पीच थेरापी गर्दै आएका थिए ।पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएको थियो । बोहरालाई घाटीको समस्या थियो । उनी चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामा थिए । नबोलेरै उनी निर्वाचित भएका थिए । संसदमा पनि उनले बोलेनन् । उनले आफ्ना कुरा राप्रपाकै अन्य सांसदमार्फत सुनाउने गरेका थिए ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.