Connect with us

समसामयिक

पहिरोले त्रिभुवन राजपथ अवरुद्ध

Published

on

त्रिभुवन राजपथको भैंसे–सिमभञ्ज्याङ सडक खण्ड पहिरोका कारण आज शनिबार बिहानैबाट अवरुद्ध बनेको छ ।

त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–९ लामिडाँडास्थित सडकखण्डमा ढुङ्गासहित रुखहरु खसेर सडक पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सडक अवरुद्ध भएपछि प्रहरी चौकी भैंसेबाट प्रहरी टोली गई सडक विभागसँग समन्वय गरी सडक खुलाउने कार्य भइरहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।

अर्यालका अनुसार पहिरो झरेको स्थानमा ठुला ढुङ्गा खसेका कारण दुई वटा डोजर पुगेपनि पन्छाउन नसकेपछि ब्रेकर प्रयोग गर्नुपर्ने अवस्था आएको छ । उहाँले ढुङ्गा फुटाउन ब्रेकर लैजाने कार्य भइरहेको र सडक सुचारु गर्न समय लाग्ने बताए । पहिरोले सडक अवरुछ पारेको स्थान प्रहरी चौकी भैंसे मकवानपुरबाट करिब २२ कि.मि.पश्चिम उत्तरमा पर्छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.