Connect with us

समसामयिक

‘मेलकट्टेश्वर दर्पण’ शैक्षिक स्मारिका लोकार्पण

Published

on

कैलालीको चुरे गाउँपालिका-६ बयलास्थित श्री मेलकट्टेश्वर माध्यमिक विद्यालयले २०८२ को अवसर पारेर प्रकाशित गरेको शैक्षिक स्मारिका ‘मेलकट्टेश्वर दर्पण’ शुक्रबार एक समारोहबीच लोकार्पण गरेको छ।

विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमबीच सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी, चुरे गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटी र उपाध्यक्ष धनादेवी थापाले संयुक्तरुपमा स्मारिका लोकार्पण गरेका हुन्।

स्मारिकामा विद्यालयका ऐतिहासिक तथ्यांकहरू, शैक्षिक गतिविधि र विद्यार्थी तथा विभिन्न लेखकका साहित्यिक लेख/रचना समावेश गरिएका छन्। यसले विद्यार्थीका अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउनुका साथै विभिन्न स्रष्टा तथा सर्जकका साहित्यिक लेख रचनामार्फत विद्यार्थीलाई अतिरिक्त ज्ञान प्रदान हुने विद्यालयका प्रधानाध्यापक तथा स्मारिकाका प्रधान सम्पादक विनोदबहादुर सिंहले बताए।

सोही अवसरमा विद्यालयले विभिन्न व्यक्तिलाई सम्मान पनि गरेको छ। चुरे क्षेत्रको भौतिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै चुरे गाउँपालिकाका अध्यक्ष बोगटी र उपाध्यक्ष थापालाई दोसल्लासहित सम्मान गरिएको हो।

विद्यालयको भौतिक तथा शैक्षिक विकासमा विभिन्न कालखण्डमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै सेक्रेटरी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू स्व. दानबहादुर खत्री, स्व. नर बहादुर खत्री, स्व. देवीदत्त गौतम, स्व. गङ्गाप्रसाद आचार्य, स्व. चन्द्रबहादुर अधिकारी, स्व. भीमबहादुर खत्री, टिकादत्त उपाध्यायलाई मरणोपरान्त सम्मान गरिएको छ।

यसैगरी विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू दीपक शाही, शालिग्राम सापकोटा, दामोदर रिजाल, हरिशंकर नाथ योगी, प्रेम बहादुर सुर्जामगर र प्रेम प्रसाद गौतमलाई दोसल्लासहित सम्मान गरिएको हो।

यसैगरी यस विद्यालयबाट २०५४ सालको एसएलसी परीक्षामा सर्वोत्कृष्ट स्थान ल्याउन सफल कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. शिवप्रसाद सापकोटा र यसै विद्यालयका पूर्वविद्यार्थी कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. यादवबहादुर कडाललाई विद्यावारिधि उपाधि हासिल गरी शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको कदर गर्दै दोसल्लासहित सम्मान गरिएको छ। मिस कल्चर वर्ड इन्टनेशनल २०२४ को ग्रान्ड विनर बन्न सफल भएकोमा यसै विद्यालयकी पूर्वविद्यार्थी (एसएलसी ब्याच २०६४) माया लामालाई पनि दोसल्लासहित सम्मान गरिएको छ।

सोही अवसरमा वैशाख र जेठ महिनामा विद्यालयमा सञ्चालित विभिन्न अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको छ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.