मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ राज्यमन्त्रीलाई हटाएका छन् ।
जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै चर्को आलोचना भएको तथा पार्टीले समेत स्पष्टीकरण सोधे पछि मुख्यमन्त्री सिंहले ८ राज्यमन्त्रीलाई हटाएका हुन् ।
उनले संघीय सरकारझै २० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए, ८ जना राज्य मन्त्री हटाए पछि १२ जना मन्त्रिपरिषदमा सिमित भएको छ ।
मुख्यमन्त्री सिंहले एमालेका मोहम्मद जैद आलम, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह, कांग्रेसका रेखा ठाकुर र निलम कुमारीलाई थप राज्यमन्त्री नियुक्त गरेका थिए, यसअघि नै उनको मन्त्रीमण्डलमा एमालेका केशव राय, शारदादेवी थापा र जनमतका रन्जु खंगलाई राज्यमन्त्री नियुक्त भईसकेका थिए, आज सबै राज्यमन्त्री पदमुक्त भएका छन् ।