Connect with us

समसामयिक

बल्खु तरकारी बजारनजिकै टहराभित्र एक व्यक्तिको हत्या

Published

on

काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित तरकारी बजारभित्र भरियाको काम गर्ने एक व्यक्तिको हत्या भएको छ।

मकवानपुर घर भई बल्खु तरकारी बजारनजिकै टिनको टहरामा बस्दै आएका ४१ वर्षीय रामकृष्ण दाहालको हत्या गरेको अवस्थामा शव फेला परेको हो।

टहराभित्र मृत अवस्थामा बुधबार बिहान साढे १० बजे दाहालको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए।

‘खबर पाएपछि प्रहरी टोली खटिएर लाश जाँच मुचुल्का कार्य भइरहेको छ,’ बोहराले भने।

दाहालको शरीरमा चोटपटक देखिएकोले उनको हत्या भएको आशंकामा अनुसन्धान थालिएको बोहराले बताए।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.