Connect with us

अर्थ

मानुषी लघुवित्तको वार्षिक साधारण सभा आज बस्ने, यस्ता छन् एजेण्डा

Published

on

मानुषी लघुवित्तले छैंठौं वार्षिक साधारण सभा वार्षिक साधारण आज बस्दै छ । सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसर्थ, यसपटक सेयरधनीको हात खाली हुनेछ । सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ । 

आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, फागुन २४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
कम्पनीको सभा होटल भ्यू, भक्तपुरमा बिहान १०.३० बजे सुरु हुनेछ ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.