Connect with us

अर्थ

ङादी ग्रुप पावरको लिलामी सेयर बाँडफाँट

Published

on

ङादी ग्रुप पावरले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । कम्पनीले  ८ लाख ७३ हजार ६१.२२५ कित्ता लिलामी  सेयर चैत ४ गते बाँडफाँट गरिएको हो । 

जसमा न्यूनतम २६६ रुपैयाँ २० पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । यसअघि कम्पनीले १०० प्रतिशत (१ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता) हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको थियो । 

कम्पनीले लिलामी बाँडफाँटमा नपरेको सेयरको पैसा सोमबार (चैत ११ गते) देखि फिर्ता दिने भएको छ । कम्पनीले आवेदकले लिलामी आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै क्लियरिङ हाउसको कनेक्ट आइपीएस मार्फत रकम फिर्ता पाउने जनाएको छ । 

यता, कम्पनीले आफ्नोे खातामा रकम जम्मा भए नभएको यकिन गरी रकम जम्मा नभएको खण्डमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौंमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.