Connect with us

अर्थ

नेपाल बैंकले बोलायो साधारण सभा

Published

on

नेपाल बैंक लिमिटेडले चैत ६ गते साधारण सभा बोलाएको छ । बैंकले यो वर्ष पनि लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो । 

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

सभा प्रयोजनार्थ बैंकले फागुन २२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन २१ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

सभा नेपाल एपीएफ क्लब हकचोक, काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.