Connect with us

राजनीति

काठमाडाैं बारबाट मिश्रले १०८२ मत प्राप्त गर्दा श्रेष्ठलाई जम्मा २५२ मत मात्रै

Published

on

नेपाल बार एशोसियसनका भावी अध्यक्षका उम्मेदवार विजयप्रसाद मिश्रले रमणकुमार श्रेष्ठलाई २२८७ मतले पछाडि परेका हुन्। गत शनिवार सम्पन्न निर्वाचनको मत परिणाम आउने क्रम जारी रहदाँ मिश्रले ३९६४ मतसहित दोब्बर मतले अग्रता लिइरहेका छन् ।

काठमाडौं जिल्ला बारको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा श्रेष्ठ भने १६७७ मतले पछाडि परिसकेका छन् ।
काठमाडौं जिल्ला अदालत बारबाट मात्रै मिश्रले १०८२ मत प्राप्त गर्दा श्रेष्ठले जम्मा २५२ मत मात्रै पाउन सकेका हुन् ।

विजय प्यानलमा महासचिवका उम्मेदवार केदारप्रसाद कोइराला ३७३९ मत ल्याउदाँ रमणका टिमका महासचिव यज्ञमणि न्यौपानेले १५७१ मतमा सिमित रहेका छन्।

अब ललितपुर जिल्ला अदालत बार र पाटन उच्च अदालत बारको मात्र मतगणना बाँकी छ। 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.