Connect with us

राजनीति

कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै

Published

on

नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

आज दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपमा उक्त बैठक बस्ने कार्यबहाक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिएका छन । उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ ।

कार्यसम्पादन समितिको बैठकमा समसायिक राजनीतिक घटनाक्रम, सरकारको कामकारवाहीको समीक्षा र पार्टीको भावी रणनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

गत मंगलबार सभापति शेरबहादुर देउवाको नीजि निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।
 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.