Connect with us

समसामयिक

एनपीएलः दाेस्राे खेलमा चितवन र सुदुरपश्चिमबीच प्रतिस्पर्धा हुने

Published

on

आज नेपाल प्रिमियर लिग (एनपीएल) का दोस्रो खेलमा चितवन राइनोज र सुदुरपश्चिम रोयलबीच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुँदैछन् । खेल अपरान्ह १ः १५ बजेवाट सुरू हुनेछ ।

आज हुने दोस्रो खेलमा चितवन राइनोजवाट कुशल मल्लले नेतृत्व गर्नेछन भने सुदुरपश्चिमवाट दीपेन्द्रसिंह ऐरीको नेतृत्व हुनेछ । एनपीएल गत शुक्रवारबाट सुरू भएको थियो ।

टीमः चितवन राइनोज

कुशल मल्ल – मार्की, रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दिपक बोहरा, रंजीत कुमार, गौतम केसी, रवी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया), ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्), सलाहुद्दिन खान (आइकोनिक)

टीमः सुदूरपश्चिम रोयल्स

दीपेन्द्रसिंह ऐरी – मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई), बसन्त खत्री (आइकोनिक)

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.