Connect with us

समसामयिक

कर्णालीले बिराटनगरलाइ ७ रनले हरायाे

Published

on

नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लगातार दोस्रो जित हासिल गरेको छ । र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा कर्णालीले बिराटनगरलाई ७ रनले हरायो ।

कर्णालीले प्रस्तुत गरेको १३४ रनको सामान्य लक्ष्य पछ्याएको बिराटनगरले २० ओभरमा आठ विकेट गुमाउँदा मात्र १२६ रन बनाउन सक्यो । कर्णालीको जितमा नन्दन यादवले तीन ओभरमा १२ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिए ।

त्यस्तै विपीन शर्माले चार ओभरमा एक मेडनसहित २० रन खर्चिएर दुई विकेट हासिल गर्दा विलियम बोसिस्टो र युनिश ठकुरीको नाममा समान एक विकेट रह्यो ।

बिराटनगरको जितमा पाँचौं नम्बरका ब्याटर निकोलस किर्टोनले ३९ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक   ४० रनको योगदान गरे । त्यस्तै ओपनर लोकेश बमले १९ रनको योगदान गर्दा मध्यक्रमका ब्याटर दीपक बोहराले १८ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.