Connect with us

राजनीति

रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अर्जुन राई…भोलि एमालेमा फर्कदै

Published

on

नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्री, निवर्तमान प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठ, नेता अर्जुन राई लगायत भोलि नेकपा (एमाले) मा फर्कने भएका छन् । उनीहरुलाई स्वागत गर्न नेकाप एमालेले भोलि दिउँसो राष्ट्रियसभा गृहमा कार्यक्रम राखेको छ । जसको नाम दिइएको छ, ‘घर फर्क राष्ट्रिय अभियान ।’

झाँक्रीले आज साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेकी छन्, ‘यो घर फर्क अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो। हामी सँगसँगै सबै जना कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो। सबै जना कमरेडहरूलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु।’

केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा नेकपा (एमाले) को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँडेका सबै नेता–कार्यकर्तालाई पार्टीमा फर्कन आह्वान गरेका थिए । माधव कुमार नेपालले नेकपा माओवादी केन्द्रसहित दलहरूसँग एकता गरेपछि झाँक्रीसहित उनीहरु असन्तुष्ट थिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.