Connect with us

समसामयिक

यू–१९ महिला विश्वकपमा पुग्यो नेपाल

Published

on

अन्तिम प्रतिस्पर्धामा युनाइटेड अरब इमिरेट्स (युएई) लाई सानदार पराजय गराउँदै नेपाल आइसिसी यू–१९ महिला विश्वकपका लागि विजेता भएको छ । पहिलो चरणको विश्वकप खेलिसकेको घरेलु टिम युएईलाई पराजित गराउँदै नेपालले पहिलोपटक विश्वकपमा आफ्नो स्थान सुरक्षित बनाएको हो ।

अब नेपालले आइसिसी यू–१९ महिला टी–२० विश्वकप २०२५ खेल्नेछ । यू–१९ टी–२० विश्वकप आउँदो वर्षको १८ जनवरीदेखि २ फेब्रुवरीसम्म मलेसियामा हुँदै छ ।

२८ कात्तिक (बुधबार) को खेलमा नेपालले युएईलाई आठ विकेटले पराजित गरायो । एसिया छनोटमा नेपाल नेट रनरेटमा युएईलाई पछि पार्न सफल भएको हो । ६ खेलबाट दुवै टोलीको १०-१० अंक रह्यो ।

नेपालको नेट रनरेट ३.९३ रहँदा युएईको ३.७७ रह्यो । नेपाल १६.२ ओभरमा विजयी नभएको भए युएई विश्वकपका लागि पुनः विजेता बन्ने थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८४ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेपालले १४.४ ओभरमा दुई विकेट गुमाउँदै जित पक्का गर्‍यो ।

नेपालका लागि साना प्रभिनले सर्वाधिक ३५ रन बनाइन् । उनले ४२ बलमा एक चौका प्रहार गरेकी थिइन् । त्यस्तै, कप्तान पूजा महतोले १८ बलमा चार चौकासहित २१ रन बनाइन । सोनी पाख्रिन १३ रनमा अविजित रहिन् । सावित्री धामीले १२ रन जोडिन् ।

युएईकी मेहाक थाकुरले दुई विकेट लिइन् । युएईका लागि कप्तान समाइरा धर्निधर्काले ४८ बलमा एक चौकासहित सर्वाधिक ३१ रन बनाएकी थिइन । रिनिथा रन्जिथले २०, लावन्या केनी र इन्दुजा नन्दाकुमारले १०-१० रन बनाएका थिए ।

नेपालकी कृष्मा गुरुङले सर्वाधिक चार विकेट लिइन् । उनले चार ओभरमा १७ रन दिएकी हुन् । रिया शर्मा र सीमा केसीले समान दुई विकेट लिएका थिए । रचनाकुमारी चौधरीको नाममा एक विकेट रह्यो । नेपाली खेलाडीहरुको कडा टक्करले यू–१९ महिला टीम विश्वकपमा पुग्न सफल भएको हो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.