Connect with us

अर्थ

नेप्से १२.१७ अंकले बढ्यो, ४ अर्ब ६८ करोडको सेयर कारोबार

Published

on

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १२.१७ अंक बढेर बन्द भएको छ । आज बुधबार नेप्से परिसूचक ०.४६ प्रतिशतले बढेर २,६०७.४२ विन्दुमा बन्द भएको हो ।

आज कारोबार रकम घटेर ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । हिजो मंगलबार ५ अर्ब १५ करोड ७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । आज १४९ कम्पनीको सेयरमूल्य बढेको छ । ९० कम्पनीको सेयरमूल्य घटेको छ । १२ कम्पनीको सेयरमूल्य स्थिर छ ।

आज माबिलुङ इनर्जी, उन्नति सहकार्य लघुवित्त र नेपाल फाइनान्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । युनियन हाइड्रोपावरको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यो कम्पनीको ३८ करोड ६१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये होटेल तथा पर्यटन र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.