Connect with us

Uncategorized

एनपीएलः दाेस्राे खेलमा काठमाडाैं र सुदुरपश्चिमबीच प्रतिस्पर्धा

Published

on

आज नेपाल प्रिमियर लिग (एनपीएल) को आठौं र नवौं खेल हुँदैछ । आजको दाेस्राे खेलमा काठमाडाैं गाेर्खाज र सुदुरपश्चिम राेयल्सबिचमा प्रतिस्पर्धा हुँदैछ । 

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुँदैछन् । खेल अपरान्ह १ः१५ बजेवाट सुरू हुनेछ । हिजोको खेलमा काठमाडौंले कर्णाली याक्सलाई तीन विकेटले पराजित गर्दै पहिलो जीत हासिल गरेको थियाे भने बिराटनगरलाइ हराउँदै सुदुरपश्चिम बिजयी भएर अाएकाे टाेली हाे । यसअघि दुवै बिजयी टाेली एक अर्कालाइ पराजय गराउन मैदानमा उत्रदैँछन् ।

आज हुने पहिलो खेलमा  काठमाडौं गोर्खाजको नेतृत्व करण केसीले नेतृत्व गर्दैछन् भने सुदुरपश्चिमवाट दिपेन्द्र सिंह एेरीले नेतृत्व गर्ने छन्  । एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो ।  एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने  प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ। 

काठमाडौं गुर्खाज

करण केसी – मार्की, शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, नेथन सोउटर (इंग्ल्यान्ड), स्टेफन इस्किनाजी (इंग्ल्यान्ड),  ड्यान डौथवेट (इंग्ल्यान्ड), माइकल लेभिट (नेदरल्यान्ड्स),  जेहार्ड एरासमस (नामिबिया), कृष कार्की (आइकोनिक)। 

सुदूरपश्चिम रोयल्स 

दीपेन्द्रसिंह ऐरी – मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई), बसन्त खत्री (आइकोनिक)। 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.