Connect with us

Uncategorized

प्रेस चौतारी काभ्रेको अक्षयकोषमा रेशम लामाले गरे १ लाख १ हजार सहयोग

Published

on

 प्रेस चौतारी नेपाल काभ्रे शाखाले पत्रकारहरुको हकहितका लागि स्थापना गरेको अक्षय कोषका लागि संविधान सभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका पुर्व राज्य मन्त्री रेशम लामाले १ लाख १ हजार रुपैया सहयोग गरेका छन् ।

जन्मदिनको अवसर पारी लामाले प्रेस चौतारी काभ्रे शाखाको कार्यालय पुगी चौतारीका अध्यक्ष केदार तिमल्सिना सहितका पदाधिकारीहरुलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । केन्द्रिय सदस्य लामाले नागरिकहरुको अधिकारका लागि निरन्तर सक्रिय हुने पत्रकारहरुका लागि स्थापना गरिएको कोषमा सहभागिता हुन पाउँदा खुशी लागेको बताए ।

‘ब्यवसायीक पत्रकारहरुको जीवनमा आई पर्ने विविध क्षेत्रमा खर्च गर्ने उदेश्यले स्थापना गरिएको कोषमा सहभागि हुने अवसर पाएँ,’ लामाले भने, ‘कोषको प्रगति र ब्यवसायीकतामा सफलताका लागि प्रेससँग सम्वद्ध सबैलाई शुभकामना छ ।’

चौतारीका अध्यक्ष केदार तिमल्सिनाले लामालाई धन्यवाद दिदै अक्षयकोषले जिल्लामा कृयाशिल पत्रकारहरुका लागि सहयोग पुर्याउने गरी अभियान शुरु गरिएको बताए । चौतारीले आफ्नै कार्यालय मार्फत प्रशासनीक तथा ब्यवसायीक कार्य प्रारम्भ गरेको छ ।

पत्रकारहरुको दक्षता, क्षमता अभिबृद्धी, संस्थागत विकास र ब्यवसायीकतामा जोड दिने अध्यक्ष तिमल्सिनाले बताए । सोहि अवसरमा केन्द्रिय सदस्य रेशम लामाको जन्मोत्सव मनाईएको थियो । केन्द्रिय सदस्य लामाले अक्षयकोषका अलावा चौतारीको कार्यालयको दुई महिनाको भाडा तिरिदिने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.