Connect with us

Uncategorized

नेपालले आज दाेस्राे खेल नेदरल्याण्डसँग खेल्दै

Published

on

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल नेदरल्यान्ड्ससँग खेल्दैछ । सो खेल स्कटल्याण्डको डुन्डेमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेबाट शुरू हुनेछ ।

यस शृङ्खलाको  पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई एक विकेटले हराएर रेकर्ड बनाएको थियो ।

जीतसँगै ८ टोली सहभागी लिग–२ मा नेपाल १३ खेलमा ८ अङ्कका साथ तालिकाको सातौं स्थानमा छ । नेदरल्यान्ड्स २० खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

लिग-२ अन्तर्गत नेपाल, घरेलु टोली स्कटल्याण्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय एकदिवसीय शृङ्खला भइरहेको हो ।

आईसीसी विश्वकप लिगको अन्तिममा शीर्ष–४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सीधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ । 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.