Connect with us

समसामयिक

पाटन क्याम्पसले मनायो ७२ औँ वार्षिकोत्सव

Published

on

देशकै पुरानोमध्येको पाटन संयुक्त क्याम्पसले स्थापनाको ७२ वार्षिकोत्सव मनाएको छ।

क्याम्पसमा मंगलबार विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको क्याम्पस प्रमुख डा. रघुवीर विष्टले जानकारी दिए। उनका अनुसार क्याम्पसमा बिहानै विधिपूर्वक सरस्वतीको पूजा गरिएको थियो।

उक्त कार्यक्रममा क्याम्पस प्रमुख डा. विष्टसहित सहायक क्याम्पस प्रमुखहरू, विभिन्न विषयका विभागीय प्रमुखहरू, कार्यक्रमका प्रमुखहरू, कर्मचारी/लेखाका उच्च अधिकारीहरूसहित प्राध्यापक र कर्मचारीहरूको उपस्थिति थियो। त्यसपछि क्याम्पस प्रमुख डा. विष्टले प्रशासनिक भवनको बरन्डामा उभिएर ७२ औँ वार्षिक उत्सव समारोह उद्घाटन गरेका थिए।

उनले ‘पाटन संयुक्त क्याम्पस ७२ औँ वार्षिक उत्सव समारोह’ लेखिएको ब्यानर अनावरण गरेका हुन्। त्यसपछि क्याम्पस प्रांगणमा वृक्षरोपण गरिएको थियो। त्यसपछि कार्यक्रमका सबै सहभागीहरूले क्याम्पस परिसर भ्रमण गरेका थिए। अन्त्यमा चियापान र सामूहिक तस्बिर खिचेर कार्यक्रम समापन गरिएको थियो।

उनले भने, ‘यसपटक हामीले फरक किसिमले वार्षिकोत्सव मनाएका छौँ। विगतका भन्दा भिन्न यसपटकको वार्षिकोत्सव विशेष रूपमा मनायौँ। यस अवसरमा सबै प्राध्यापक, कर्मचारी, विद्यार्थ

पाटन संयुक्त क्याम्पस २०११ सालमा स्थापना भएको हो। क्याम्पसमा मानविकी तथा सामाजिक शास्त्र, विज्ञान र व्यवस्थापन संकायका स्नातक तहमा २९ र स्नातकोत्तर तहमा १४ वटा विषय पढाइ हुने गरेको छ।

यसैगरी क्याम्पसमा बीएससी सीएसआईटी, बीआईटी, बीसीए, बीबीएजस्ता प्राइभेट कार्यक्रम  (क्याम्पस आफैंले शुल्क निर्धारण गर्न पाउने कार्यक्रम) पनि सञ्चालनमा छन्। भर्ना विवरणअनुसार क्याम्पसमा झन्डै १० हजार विद्यार्थी अध्ययनरत छन्।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.