Connect with us

समसामयिक

मातातीर्थ औँसीमा प्रधानमन्त्री ओलीले सम्झिए आमा

Published

on

आज आमाको मुख हेर्ने दिन अर्थात आमा खुवाउने औंशी । 

नेपालभरी तथा नेपाली हिन्दुभाषीहरू बिचमा यो कार्यक्रम आमालाई सम्झेर तथा आमालाई मिठा मिठा खाने कुरा खुवाएर मनाइने गरिन्छ ।

यसैबिचमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस दिनको सम्झना गरेका छन् । ‘मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ। मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो।’

उनले लेखेका छन, ‘आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन। आमाको मुहार धमिलो सम्झनामा आइरहेछ। यस पावन दिनमा सम्पूर्ण आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्दछु। आमा पृथ्वीको प्रत्यक्ष स्वरूप हुनुहुन्छ। सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस्। शुभकामना ।’ 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.