Connect with us

समसामयिक

हुम्लामा फुटेको हिमतालबाट जोखिममा परेको बस्तीको उद्दार गर्न प्रचण्डको आग्रह

Published

on

हुम्लामा हिमताल फुटेर बस्तीमा जोखिममा परेपछि उद्दार गर्न पूर्वप्रधानमन्त्री प्रचण्डले सरकार समक्ष अपिल गरेका छन् । हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँ लेदोसहितको पहिरोले जोखिममा परेको छ । हिमताल फुटेर पहिरो गए पनि सो स्थानमा सरकारको उपस्थिति नभएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘हिमताल फुटेर पहिरो आएकोले वस्ती जोखिममा रहेको, पहिरोका कारण खानेपानीको संरचना, बाटो र पुलमा क्षति पुगेको, स्थानीय ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा रहेको तर अहिलेसम्म सरकारको उपस्थिति नभएको कुराले झन गम्भीर बनाएको छ,’ उनले भनेको छन, ‘तत्काल उद्धार र जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’ हुम्लामा जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र  उद्धारमा जुट्न पार्टीपंक्तिलाई उनले निर्देशन पनि दिएका छन ।

उनले जलवायु परिवर्तनको बढ्दो असरका कारण हिमताल फुट्ने जोखिम बढिरहेकाले यससम्बन्धी बहसलाई राजधानीमा मात्रै केन्द्रित नगरी सम्बन्धित क्षेत्रको बैज्ञानिक अध्ययन र पूर्वतयारीका कार्यमा समेत ध्यान दिन सरकारलाई आग्रह गरेका छन ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.