प्रहरी सहायक निरिक्षक (असइ) कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको आरोहरण गरेकी छन् ।
नेपाल प्रहरीका अनुसार आज बिहान ०८ः५६ बजे प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी हुन् ।
‘विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्नु भएकोमा प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई हार्दिक बधाई,’ प्रहरी महानिरिक्षक दिपक थापाले आफ्नो बधाई सन्देशमा उल्लेख गरेका छन् ।
नेपाल प्रहरीबाट सगरमाथा आरोहण गर्ने उनी पहिलो महिला प्रहरी हुन् ।