Connect with us

राजनीति

प्रधानमन्त्री कार्की र ओलीबीच बालुवाटारमा तीन घण्टा लामो छलफल

Published

on

प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्कीलाई भेट्न पूर्वप्रधानमन्त्री ओली बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार ओली बिहान ११ बजे बालुवाटार पुगेका थिए । निर्वाचनलाई केन्द्र राखेर प्रधानमन्त्री कार्की र ओलीबीच तीन घण्टाभन्दा धेरै छलफल भएको छ । प्रधानमन्त्री र ओलीबीच एक्ला एक्लै कुराकानी भएको हो ।

प्रधानमन्त्री कार्कीले सरकारले तोकिएकै समयमा निर्वाचन गराउने भन्दै सहयोगका लागि आग्रह गरेकी थिइन् । प्रधानमन्त्रीको कुरा सुनेपछि ओलीले एमाले ध्वंश गर्ने पार्टी नभएको भन्दै चुनावमा भाग लिने बताएका थिए ।

ओलीको भनाइ उद्धृत गर्दै कार्कीको सचिवालयका ती सदस्य भन्छन्, ‘एमाले चुनावमा भाग लिन्छ, ध्वंश गर्ने पार्टी होइन । तर सरकारले त्यसको वातावरण बनाउनुपर्छ ।’

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.