Connect with us

राजनीति

गगन थापाद्वारा विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन अस्वीकार

Published

on

विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको आग्रह महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगन थापाले अस्वीकार गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो साँझ बसेको कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति खड्काले राखेको प्रस्ताव महामन्त्री थापाले अस्वीकार गरेका हुन् । 

महाधिवेशनको कार्यसूची आइसकेकाले यस्तो बेलामा विशेष महाधिवेशन आवश्यक नभएको भन्दै खड्काले प्रस्ताव फिर्ता लिन अपिल गरेका थिए । खड्काको उक्त रकमी अपिल थापाले अस्वीकार गरेका हुन् । बैठकमा महामन्त्री थापाले भनेका थिए, ‘नियमित महाधिवेशनको क्यालेन्डर घोषणा भएपछि विशेष महाधिवेशनको अर्थ रहँदैन भन्नु मागको आधारभूत कुरालाई नै बिर्सिनु हो । चुनावभन्दा पहिले नै नेतृत्व फेर्ने मागलाई नियमित अधिवेशनको अल्झो हालेर पन्छाउन मिल्दैन ।’

महामन्त्री थापाले प्रक्रियामा छिर्न नचाहनु पार्टीलाई घातक हुने बताए । थापाले प्रक्रियामा छिर्न नचाहेर अवैधानिक गर्न खोज्नु घातक हुन सक्ने बताए ।
पार्टी विधानको व्यवस्था र वर्तमान राजनीतिक परिस्थितिलाई विश्लेषण गर्दै महामन्त्री थापाले नियमित महाधिवेशनको कार्यसूची घोषणा भएकै आधारमा विशेष महाधिवेशनको औचित्य समाप्त नहुने थापाले बताए । थापाले विशेष महाधिवेशन माग गर्नु महाधिवेशन प्रतिनिधिहरूको विशिष्ट अधिकार भएको पनि बताए । 

महामन्त्री थापाले विशेष महाधिवेशन माग गर्नुको मुख्य उद्देश्य आगामी चुनावअघि पार्टीमा नयाँ नेतृत्व ल्याउनु रहेको खुलासा गरे। ‘किन अहिले विशेष महाधिवेशन चाहियो भने भदौ २घ र २४ को जेनजी विद्रोहपछि देशको असाधारण अवस्था छ । निर्वाचतभन्दा अघि नै महाधिवेशन गरेर नेतृत्व फेर्नुपर्छ,’ थापाले भने, ‘नियमित अधिवेशनले यो आवश्यकतालाई सम्बोधन गर्न सक्दैन भने विशेष महाधिवेशन नै एकमात्र विकल्प हो ।’

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.