Connect with us

समसामयिक

बसमा मोटरसाईकल ठोकिँदा रौतहटका युवकको मृत्यु 

Published

on

बारा सदरमुकाम कलैया बघवन सडक खण्डमा आज बिहान यात्रुवाहक बस र मोटरसाईकल आमुने सामुने ठोकिँदा मोटरसाईकल चालक रौतहटका एक युवकको मृत्यु भएको छ। 

दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटको फतुवा बिजयपुर नगरपालिका ५ बरगिनिया बस्ने वर्ष ३५को अनिल प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले न्युज कारखाना लाई बताएका छन्।

आज बिहान सवा ३ बजे कलैया बघवन स्थित   बरियारपुरबाट कलैया तर्फ जाँदैगरेको ना ६ ख ५०६७ नम्बरको बस र विपरित दिशाबाट जादै गरेको ना ३९ प ७३६७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खादा मोटरसाईकल चालक यादव  गम्भीर घाईते भएका थिए।

उनलाई प्रादेशिक अस्पताल कलैयामा उपचारको लागि लागिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भई सकेको घोषणा गरेको थियो ।

मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालको शब गृहमा राखिएको तथा घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.