Connect with us

समसामयिक

संवैधानिक आयोगको नियुक्ती माथि आजबाट पुनः सुनुवाइ

Published

on

संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आज देखी पुनः सुनवाइ सुरू हुदैँछ ।

बिगत चार बर्ष देखी कुनै निर्णयमा नपुगी सर्वोच्च अदालतमा ‘पेन्डिङ’ मै बसेको उक्त मुद्दामा आजवाट पुनः सुरू हुन लागेको हो ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७ साल मंसिर ३० गते संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश जारी गरी ५२ जनालाई संबैधानिक निकायमा नियुक्त गरेका थिए, जसको बिरूद्दमा अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

गत माघदेखि भने संवैधानिक इजलासले ‘हेर्दाहेर्दै’मा राखेर सुनवाइ अघि बढाएको छ । यसअघि निरन्तर सुनुवाइ जारी रहेका बखतमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत बेलायत भ्रमणमा गएका कारण स्थगन गरिएको थियो । अब उक्त रिटमाथि पुनः सुनुवाइ हुन लागेको हो ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.