Connect with us

समसामयिक

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

Published

on

आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको १५ सदस्यीय टोली घोषणा गरिएको छ ।

नवनियुक्त प्रशिक्षक स्टुआर्ट लले रोहित पौडेलको कप्तानीमा स्कटल्याण्डका लागि टोली घोषणा गरेका हुन् । 

दीपेन्द्र सिंह ऐरीले उपकप्तानको जिम्मेवारी पाउँदा कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, आसिफ शेख र अनिल कुमार शाह, अलराउन्डर गुलशन झा र बसीर अहमद र सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी टोलीमा अटाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले लिग–२ अन्तर्गत सिरिज पछि हुने टि–२० आई सिरिजका लागि पनि ३ खेलाडीको नाम राखेको छ । ब्याटर किरण ठगुन्ना र लोकेश बमसँगै अलराउन्डर रुपेश सिंह टोलीमा अटाएका छन ।

नेपालले स्कटल्याण्ड भ्रमणमा लिग–२ अघि अभ्यास खेलहरु खेल्नेछ । लिग– २ अन्तर्गत नेपालले जुन २ र जुन ८ मा स्कटल्याण्ड तथा जुन ४ र जुन १० मा नेदरल्यान्ड्ससँग खेल्दैछ ।


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.