Connect with us

राजनीति

राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज पनि

Published

on

राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक आज पनि जारी रहने भएको छ । काठमाडौंको नबदुर्गा पार्टी प्यालेस, चाबहिलमा बैठक चलिरहेको छ । हिजोको बैठकमा अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थितिको समिक्षा र पार्टीको भाबी कार्यदिशा प्रस्तुत गरेका थिए ।

शासकिय स्वरुप, निर्बाचन प्रणाली लगायतका बिषयमा पार्टीको धारणा तयार गर्न गठित समितिको अन्तरिम प्रतिबेदन उपाध्यक्ष डा.बिष्णु भण्डारी, तराई मधेस उत्थान अभियानबारे उपाध्यक्ष धिरेन्द्र झा, संगठन बिभागको प्रतिबेदन महामन्त्री राजाराम बर्तौला, आर्थिक प्रतिबेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, सचिवालयको प्रतिबेदन सह महामन्त्री हिक्मतजङ्ग भण्डारी, गैर सरकारी बिभागको प्रतिबेदन सह महामन्त्री महेश्वर रोक्काले प्रस्तुत गरेका थिए ।

आज हिजो पेश भएका कार्यपत्र र प्रतिबेदनमाथि धारणा राख्ने क्रम जारी रहने महामन्त्री बर्तौलाले जानकारी दिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.