Connect with us

राजनीति

रास्वपाको केन्द्रिय समिति बैठकमा सहकारी अध्यादेशबारे छलफल हुने

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति बैठक आजवाट सुरू हुँदैछ । स्वयम्भु स्टार बैंक्वेटमा राखिएको बैठक बिहान ७ बजेवाट सुरू हुनेछ । 

कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकको सुरूमा समसमायिक राजनीतिक छलफल र रिपोर्टिङ हुनेछ भन स्थानिय तह उपनिर्वाचन समिक्षा, संगठनको समिक्षा र संगठन रणनीतिका बिषयलाइ छलफलको अजेन्डा बनाइएको छ ।

साथै, संगठन सबलीकरण र जागरण, प्रशिक्षण सामाग्रीत अभियान, लिडरसीप एकेडेमी, क्यान्डिडेट क्लब र ब्लु प्रिन्ट फ्रेमवर्क, प्रदेश समन्वय सयन्त्रका सबन्धमा छलफल गरिने पार्टीले जनाएको छ । 
यस सेसनमा केन्द्रिय समिति सदस्य, आमान्त्रित सदस्यहरूमा केन्द्रिय संगठन बिभाग, प्रशिक्षण बिभाग एवम प्रदेशका महामन्त्रीहरू सहभागी रहनेछन् । 

उता, केन्द्रिय समिति सदस्यहरू मात्रै रहने बैठकमा सहकारी सबन्धी अध्यादेश २०८१, संसदमा दर्ता भएका बिधेयक र पार्टी धारणा सबन्धी छलफल , पार्टी संरचना सबन्धमा प्रारम्भिक छलफल गरेर पहिलो दिनको बैठकको समिक्षा र दोस्रो दिनको छलफलको तयारी गरिने महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

सभापति रबि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परी हिरासतमा रहे पछि कार्यबहाक सभापति डीपी अर्यालको अध्यक्षता पहिलो पटक केन्द्रिय समिति बैठक बस्न लागेको हो । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.