Connect with us

खेलकुद

साफ यू-२० च्याम्पियनसीप आजदेखि, उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्दै

Published

on

आजदेखि साफ यू-२० च्याम्पियनसीप शुरु हुँदैछ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले  साफ यू-२० च्याम्पियनसीपको समुह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने बताएको छ ।

यस अघि दशरथ रंगशाला र च्यासलस्थित स्टेडियममा हुने भनिएपनि अब समुह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने भएको हो । आज प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंका र नेपाल खेल्ने तालिका रहेको छ । यो खेल अपराह्न ३ बजेदेखि शुरु हुने छ ।

एन्फाले यस अघि प्रतियोगिताका लागि दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स गरी तीन स्थान तय गरेको थियो । तर, च्यासल मैदानमा बाढी पसेपछि खेल सञ्चालन गर्न नसकिने अवस्था आएको छ भने दशरथ रंगशाला पनि बर्षाले हिलाम्मे रहेको छ ।

साफले दशरथ रंगशाला र एन्फा कम्प्लेक्सको मैदानलाई आयोजना स्थलको स्विकृती दिएर खेल तालिका समेत जारी गरेपनि गत मंगलबार भुटानको पारो एफसी र नेपालको चर्च ब्वाईज बीचको खेल सञ्चालन हुँदा मैदान पूर्ण रुपमा खराब भएपछि एन्फाले समुह चरणका खेलहरु एन्फा क्मप्लेक्समा र सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा हुने भएको छ ।

साफ यू-२० मा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरि ६ देशले भाग लिदै छन् । जसमा समुह ए मा नेपाल, बंगलादेश र श्रीलंका रहेका छन् भने समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । 

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.