Connect with us

अन्तर्राष्ट्रिय

ब्राजिलियन फुटबलर भिनिसियर जुनियरमाथि साउदीले ३५० मिलियन युरो खर्चिने

Published

on

ब्राजिलियन फुटबल स्टार भिनिसियस जुनियरका लागि एक क्लब ५६ सय करोड रुपैयाँ खर्च गर्न लागेको खबरले यतिखेर सनसनी मच्चाएको छ।

खासमा २५ वर्षीय भिनिसियस पौराणिक स्पेनिस फुटबल क्लब रियल म्याड्रिडका सदस्य हुन् । यस क्लबसँग उनको सन् २०२७ सम्मको सम्झौता भएको हुनाले विगत केही महिना देखि दुवै पक्षबीच नयाँ सम्झौताका लागि छलफल भए पनि अहिलेसम्म कुनै टुंगोमा पुग्न सकिरहेका छैनन् । 

यस्तो अवस्थामा साउदी अरेबिया लिगका क्लबहरूले यस स्टार विङ्गरमाथि आफ्नो नजर राखिरहेका छन् । एक रिपोर्टका अनुसार साउदी सरकारले समर्थन गरेको यस लिगको एक क्लब भिनिसियसका लागि ३५० मिलियन यूरो युरो खर्च गर्न तयार छ । तर, हाल यस विषयमा उनका खेलाडी वा क्लबसँग कुनै छलफल टुंगोमा भने पुगेको छैन्।

रिपोर्टमा भनिएको छ कि साउदी अरेबियाको खेलकुद मन्त्रालय र सार्वजनिक लगानी कोष (पीआईएफ) को नजर अल अहली क्लबमा छ, जसको लागि तिनीहरू भिनिसियस जुनियरमा यति ठूलो रकम खर्च गर्न तयार छन्। यद्यपि, यस समयमा त्यहाँ कुनै संकेतहरू छैनन् कि म्याड्रिड र भिनिसियस अलग हुन चाहन्छन्। 

साउदी क्लबले यो सम्झौता पूरा गरेमा भिनिसियस जुनियर फुटबल इतिहासकै सबैभन्दा महँगो स्थान्तरण खेलाडी बन्ने छन् । अहिलेसम्म सबैभन्दा महँगो स्थानान्तरणको कीर्तिमान पूर्व ब्राजिलियन लिजेन्ड नेयमार जुनियरको नाममा छ, जसलाई पिएसजीले २०१७ मा बार्सिलोनाबाट २२२ मिलियन युरोमा किनेको थियो।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.