Connect with us

समसामयिक

साउन १५ः नेपाली परम्पराको खिर दिवस

Published

on

आज खरि दिवस । देशभर संभव हुनेहरले खिर खाएर यो दिवस मनाउँदैछन् । नेपाली समाजमा असार १५ मा दही च्यूरा र साउन १५ मा खिर खाने परम्परा निकै पुरानो हो। वर्षा ऋतुमा दूध, मरमसलालगायत सामग्रीले बनाइने तातो खिर स्वास्थ्यका लागि समेत लाभदायक मानिन्छ।

राष्ट्रिय दुग्ध विकास बोर्डले २०७७ सालमा साउन १५ लाई ‘खिर दिवस’को रूपमा मनाउने निर्णय गरेको थियो। बोर्डले यस्तो निर्णय गर्नु हजारौं वर्षअघि देखि नै साउन १५ लाई खिर खाने दिनका रुपमा मनाउने परम्परा छ । वैदिक शास्त्र अनुसार खिर, जसलाई संस्कृतमा ‘पायस’ भनिन्छ, सात्विक आहार मानिन्छ र देवकार्य तथा पितृकार्यमा विशेष महत्व राख्दछ।

साउन महिनामा गाउँघरमा दूध उत्पादन बढ्ने भएकाले खिर पकाई इष्टमित्रलाई बोलाएर खाने चलन रहिआएको छ। गाईको दूधमा चामल, मकै, सेवइ, गाजर आदि हालेर बनाइने खिर देवतालाई चढाएर खाने धार्मिक विश्वास पनि छ।

नेपालको सांस्कृतिक र कृषियोग्य परम्परासँग जोडिएको यो पर्व मिठास र मिलनको प्रतीकको रूपमा मनाइन्छ। सँगै अर्को सवाल पनि छ, खिर खाने पहुँच भएका नेपालीहरु कति होलान् ?

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.